विमान दुर्घटनामा ज्यान गुमाएका मध्ये २४ शवको पोखरामा पोस्टमार्टम हुने अन्य काठमाण्डौ लगिने
  • प्रमुख खबर

माघ २, पोखरा ।।

यती एयरको विमान दुर्घटनामा ज्यान गुमाएका मध्ये २४  शवको पोखरामा पोस्टमार्टम हुने भएको छ । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका एक चिकित्सकका अनुसार २४ जनाको पोखरामै पोस्टमार्टम गरेर परिवारलाई शव बुझाइनेछ ।

बाँकी शवलाई नेपाली सेनाको हेलिकप्टर मार्फत काठमाण्डौ लगिने भएको छ ।

पोखरामा पोस्टमार्टम हुनेहरुको नाम :

त्रिभुवन पौडेल, निशान आचार्य, ओममाया गुरुङ, यस्मिन गुरुङ, पुजन राना, अरुण पौडेल, प्रशिद्धी पौडेल, जीवनकला गुरुङ, पूर्णबहादुर गुरुङ, संगीता शाही, सदाकत अलि मिया, लक्ष्मी पौडेल, निरा छन्त्याल, विजयकुमार गुरुङ, लक्की गुरुङ, शालिकराम आचार्य, डा. गणेश थापा, मोहनप्रकाश श्रेष्ठ, सिता गुरुङ, जमुना शर्मा, बन्दना सुनार, सर्बिन श्रेष्ठ, अनुषा गुरुङ र शिवकुमार गुरुङ रहेका छन् ।

तपाईको प्रतिक्रिया दिनुहोस्