काठ्माण्डौं ।
आईसीसी यू–१९ क्रिकेट विश्वकपको एसियाली छनोट प्रतियोगिताको खेल तालिका सार्वजनिक भएको छ । यूएईमा फाल्गुन १२ देखि १८ गतेसम्म हुने उक्त प्रतियोगिताको खेल तालिका सार्वजनिक भएको हो ।
यस प्रतियोगितामा नेपालले पहिलो खेल फाल्गुन १२ गते सिंगापुरसँग, दोस्रो खेल फाल्गुन १५ गते हङकङसँग, तेस्रो खेल १६ गते मलेसिया र चौथो खेल १७ गते घरेलु टोली युएईसँग खेल्ने भएको छ । यू–१९ विश्वकप एसिया छनोटका लागि आइतबार मात्र नेपाल क्रिकेट संघ (क्यान)ले नेपाली टिम सार्वजनिक गरेको थियो ।
उक्त प्रतियोगिताका लागि सहभागी हुने खेलाडीहरुमा आकाश त्रिपाठी, हेमन्त धामी, दुर्गेश गुप्ता, दिपक बोहोरा, अर्जुन कुमाल, गुल्सन झा, देव खनाल, दिपक डुम्म्रे, उत्तम थापा मगर, सुवास भण्डारी, बिशाल के.सी., मिलन बोहोरा र दिपेश कँडेल रहेका छन् ।
त्यस्तै बैकल्पिक ४ खेलाडीको सूचीमा प्रज्वल थापा, तुल बहादुर, निर्मल थापा र राजेश यादव पर्न सफल भएका छन् । यस प्रतियोगिताको विजेता टिमले सन् २०२४ मा श्रीलंकामा हुने यू–१९ एकदिवशीय विश्वकपमा सहभागिता जनाउन पाउने भएको छ ।