काठ्माण्डौं ।
संघीय संसद भवन अगाडि आफ्नै शरीरमा आगो लगाएका इलाम सूर्यादय नगरपालिकाका प्रेमप्रसाद आचार्यको उपचारको क्रममा बुधबार विहान मृत्यु भएको छ । उनको कीर्तिपुर अस्पतालको बर्न वाडमा उपचारको क्रममा ज्यान गएको उपचारमा संलग्न डाक्टर किरण नकर्मीले जानकारी दिएका छन् ।
आर्चायले मंगलबार प्रधानमन्त्री पुष्पकमल दाहाल “प्रचण्ड” संसद भवनबाट निस्किएलगतै मुल सडकमा शरीरमा पेट्रोल हालेर आफैलाई आगो लगाएका थिए । स्थानीय बासिन्दा र प्रहरीको सहयोगमा आगो निभाएर उनको उद्धार गरि थप उपचारका लागि अस्पताल पु¥याएपनि शरीरको धेरैजसो भाग जलिसकेकाले उनलाई बचाउन नसकिएको उनको उपचारमा संलग्न डाक्टर नकर्मीले बताएका छन् ।
उनले आत्मदाहअघि सामाजिक सञ्जालमा लामो स्टाटस लेख्दै आफु ठूलो संकटमा फसेको बताएका थिए । उनले आफ्नो स्टाटसमा जीवनमा गरेका सङ्घर्ष र भोगाइहरुको बारेमा उल्लेख गरेका थिए ।
विशेषगरी उनले अध्ययन गर्दा, जागिर खाँदा, व्यापार गर्दा, वैदेशिक रोजगारीमा जाँदा होस् या उद्योग चलाउँदा प्रतेक पाइला–पाइलामा आफुले भोग्नु परेका समस्याहरुका बारेमा उल्लेख गरेका थिए ।