गृहमन्त्री लामिछानेद्धारा प्रेम प्रसादले उठाएका विषयमा छानबिन गर्ने परिवारसमक्ष आश्वासन
  • प्रमुख खबर

काठ्माण्डौं ।

उप–प्रधानमन्त्री एंव गृहमन्त्री रवि लामिछानेले आत्मदाह गरेका इलामका प्रेम प्रसाद आचार्यको परिवारलाई भेटेका छन् । कीर्तिपुरस्थित बर्न अस्पतालमा पुगेका गृहमन्त्री लामिछानेले मृतकको परिवारका सदस्यहरुलाई भेटेका हुन् ।

उनले देशमा केही परिवर्तन गर्नका निम्ति नै राजनीतिमा आएको बताउँदै प्रेम प्रसादले आत्मदाह गर्नु अघि सामाजिक संजालमा उठाएका विषयहरुमा छानबिन गर्नुपर्ने विषयमा छानबिन गर्ने र सचेत हुनुपर्ने विषयमा सचेत हुने बताएको स्रोतले जनाएको छ ।

मंगलबार संघीय संसद भवन अगाडि आफ्नै शरीरमा पेट्रोल छड्केर आगो लगाएका इलाम सूर्यादय नगरपालिकाका आचार्यको उपचारको क्रममा बुधबार विहान मृत्यु भएको छ ।

उनले आत्मदाहअघि सामाजिक सञ्जालमा लामो स्टाटस लेख्दै आफु ठूलो संकटमा फसेको बताएका थिए । उनले आफ्नो स्टाटसमा जीवनमा गरेका सङ्घर्ष र भोगाइहरुको बारेमा उल्लेख गरेका थिए ।

विशेषगरी उनले अध्ययन गर्दा, जागिर खाँदा, व्यापार गर्दा, वैदेशिक रोजगारीमा जाँदा होस् या उद्योग चलाउँदा प्रतेक पाइला–पाइलामा आफुले भोग्नु परेका समस्याहरुका बारेमा उल्लेख गरेका थिए ।

तपाईको प्रतिक्रिया दिनुहोस्