तेस्रो संस्करणको टाइगर कपको फाईनलमा साम्राज्ञी र जितु नेपाल पोखरा आउने
  • प्रमुख खबर

पोखरा ।

अभिनेत्री सम्राज्ञी राज्यलक्ष्मी शाह र हाँस्य कलाकार जितु नेपाल (मुन्द्रे) टाइगर कप भलिबल प्रतियोगिताका लागि आउने भएका छन् ।

पोखरा रंगशालामा जारी तेश्रो टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित खुल्ला क्लव च्याम्पियनसिप महिला तथा पुरुष भलिबल प्रतियोगिता २०७९’को फाइनल खेल अवलोकन संगै मनोरञ्जन प्रदान गर्न उनीहरु पोखरा आउन लागेका हुन् । उहाँहिरु दुबै जना माघ १४ गते पोखरा रंगशालामा हुने

सो बारे जानकारी दिंदै टाइगर ग्रुपका अध्यक्ष नारायण प्रसाद शर्माले कलाकारहरु दर्शकहरुलाई उत्साह भर्न आउन लागेको जानकारी दिनुभयो । “हामी उहाँहरुलाई स्वागत गर्न आतुर छौं । उहाँहरुको आगमनले दर्शकहरुले खेल संगै भरपुर मनोरञ्जन प्राप्त गर्ने कुरामा हामी विश्वस्त छौं,” अध्यक्ष शर्माले भने–“हामी उहाँहरुलाई विशेष अतिथीको रुपमा स्वागत गर्दैछौं ।”

हेरी की परी चलचित्रको प्रचारमा दुबै कलाकारहरु यति बेला व्यस्त रहेका छन् । नाट्य कलाबाट चलचित्रमा उदाएकी अभेनेत्री सम्राज्ञीले एक दर्जन चलचित्रमा सफल अभिनय गर्नुभएको छ ।
उहाँले ए मेरो हजुर २, मंगलम, इन्टु मिन्टु लन्डनमा, रातो टिका निधारमा, मारुनी, हेरी की परी लगायत चलचित्रमा सफल अभिनय गर्नुभएको छ ।

स्टाण्ड अप कमेडियनको रुपमा रहेका नेपालले जिरे खुर्सानी, ट्वाक्क–टुक्क लगायतका हास्य टेली ऋंखला लगायत चलचित्र छक्का पञ्जा लगायत दर्जनौ चलचित्रमा भूमिका निभाउनुभएको छ । उहाँको मुन्दे्रको कमेडी क्लव समेत उत्तिकै चर्चित छ ।

तपाईको प्रतिक्रिया दिनुहोस्