पोखरा ।
तेस्रो संस्करणको टाइगर कप भलिबल प्रतियोगिताको उपाधिका लागि महिलातर्फ साविक विजेता एपिएफ र आर्मी भिड्ने भएको छ । टाइगर ग्रुप अफ पोखराको आयोजनामा पोखरा रंगशालामा जारी उक्त प्रतियोगितामा च्याम्पियनसिपको फाइनलमा दुवै टोली फाइनलमा प्रवेश गरेका हुन् ।
जारी प्रतियोगितामा घरेलु टोली गण्डकीलाई ३–० को सोझो सेटमा हराउँदै एपिएफ लगातार फाइनलमा प्रवेश गरेको हो । यस अघि भएको लिग चरणमा समेत गण्डकी माथी एपिएफले ३–० को सहज जित निकालेको थियो । राउण्ड रोविन लिगमा तीन र सेमिफाइनल गरी कुल चार खेल खेलेको गण्डकीले कुनैपनि खेल भने जित्न सकेन ।
यता, पुरुषतर्फ गण्डकी प्रदेशले सेमिफाइनलमा त्रिभुवन आर्मीको सामाना गर्ने भएको छ । राउण्ड रोविन लिग चरणको अन्तिम खेलमा गण्डकीले पाहुना टोली श्रीलंकाको सेन्ट जोसेफ भाज स्पोर्टस् क्लबलाई ३–० को सोझो सेटमा हराएको छ ।
जितसँगै ४ खेलबाट ८ अंकसहित गण्डकी दोस्रो स्थानमा रहँदै सेमिफाइनल प्रवेश गरेको छ । जित विहिन पाहुना टोली सेन्ट जोसेफ भने लिगचरणबाटै बाहिरिएको छ । पाहुना टोली बाहिरिदा नेपाल पुलिस क्लबले अन्तिम चारमा आफ्नो स्थान सुरक्षित बनाएको छ ।