राष्ट्रिय पुरुष टिमको बन्द प्रशिक्षणमा परेनन् बलात्कारको आरोप लागेका लामिछाने
  • प्रमुख खबर

काठमाण्डौं ।

राष्ट्रिय पुरुष टिमको बन्द प्रशिक्षणमा नेपाल क्रिकेट संघ क्यान ले २८ जना खेलाडीहरुलाई समावेश गर्ने भएको छ । आईसीसी पुरुष क्रिकेट विश्वकप लिग टु अन्र्तगत घरेलु मैदामा हुने त्रिदेशीय एक दिवसीय सिरिजका लागि क्यानले २८ जना खेलाडीहरुलाई बन्द प्रशिक्षणमा समावेश गर्ने जनाएको हो ।

उक्त प्रशिक्षणमा बलात्कारको आरोप लागेका सन्दीप लामिछानेलाई भने क्यानले समावेश गरेको छैन् । क्यानले बन्द प्रशिक्षणका लागि कुशल भुर्तेल, ज्ञानेन्द्र मल्ल, आसिफ शेख, आरिफ शेख, रोहित पौडेल, दिपेन्द्र सिंह ऐरी, शरद भेषवाकर, सोमपाल कामी, करण के.सी, गुलशन झा, विनोद भण्डारी, ललित नारायण राजवंशी, सागर ढकाल, किशोर महतो, कमलसिंह ऐरी, सिद्धान्त लोहनी, सूर्य तामाङ्ग, अविनाश बोहोरा, अर्जुन साउद, विवेक यादव, भिम सार्की, मौसम ढकाल, कुशल मल्ल, भुवन कार्की, विक्रम सोब, संन्दिप जोरा र अंकित सुवेदीलाई समावेश गरेको छ ।

त्रिवि क्रिकेट मैदानमा आयोजना हुने सिरिजमा नेपाल, नामिबिया र स्कटल्याण्डले प्रतिस्पर्धा गर्ने भएको छ । सिरिजको पहिलो नेपालले फेब्रुअरी १४ मा नामिबियासँग खेल्ने भएको छ ।

 

तपाईको प्रतिक्रिया दिनुहोस्