काठ्माण्डौं ।
सर्वोच्च अदालतले रवि लामिछानेको नागरिकतासम्बन्धी विवादमा गरेको फैसलाको विरोधामा शनिबार काठ्माण्डौंमा प्रदर्शन भएको छ । युवाहरुको एक समुहले काठ्माण्डौंको माइतीघरदेखि बानेश्वरसम्म प्रदर्शन गरेका हुन् ।
प्रदर्शनकारीहरुले प्रदर्शनको क्रममा रवि लामिछानेलाई सुनियोजित रुपमा फसाइएको आरोप लगाएका छन् । पूर्व उप–प्रधानमन्त्री एंव गृहमन्त्री लामिछानेले अमेरिकी नागरिकता त्यागेपछि नेपाली नागरिकता सक्रिय गराउन कानुनले तोकेको प्रक्रिया पुरा नगरेको भन्दै शुक्रबार उनको सांसद पद खारेज हुने फैसला गरेको थियो । सर्वोच्चको उक्त फैसलासँगै उनको राष्ट्रिय स्वतन्त्र पार्टीको सभापति पद गृहमन्त्री पद समेत गुमेको छ ।