काठ्माण्डौं ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गृहमन्त्रीको जिम्मेवारी प्राप्त गरेका छन् । राष्ट्रपतिको कार्यालयले शनिबार एक विज्ञप्ति जारी गर्दै प्रधानमन्त्री प्रचण्डकै सिफारिसमा स्वयम उनलाई गृहमन्त्रीको जिम्मेवारी तोकिएको जनाएको छ ।
सर्वोच्च अदालतको फैसलापछि शुक्रबार नै गृहमन्त्री र सांसद पदबाट रवि लामिछाने पदमुक्त भईसकेका थिए । लामिछानेको नागरिकता नै अवैध रहेकाले उनले जितेका सांसद पद र मन्त्री पदसमेत गैरकानुनी रहेको भन्दै परेको रिटमा हिजो नै सर्वोच्चले उनको विपक्षमा फैसला गरेको थियो ।
हाल प्रधानमन्त्री प्रचण्डले मन्त्रीहरु नियुक्त नहुँदा युवा तथा खेलकुद मन्त्रालय र वन तथा वातावरण मन्त्रालय सम्हाल्दै आएका थिए भने उनले आजबाट गृहको जिम्मेवारी समेत सम्हाल्ने भएका छन् ।