काठ्माण्डौं ।
पेरिसमा सन् २०२४ आयोजना हुने गृष्मकालिन ओलम्पिक युक्रेनले बहिष्कार गर्र्ने घोषणा गरेको छ । उक्त ओलम्पिकमा रसियालाई समावेश गरे युक्रेनले प्रतियोगिता बहिष्कार गर्ने घोषणा गरेको हो ।
युक्रेनका खेलकुद मन्त्री वादिम गुत्सेतले उक्त प्रतियोगितामा रुस अथवा बेलारुसका खेलाडी सहभागी भएको खण्डमा आफ्नो देशले भाग नलिने बताएका छन् । उनका अनुसार रसियन तथा बेलारुसका खेलाडीहरुलाई कुनैपनि अन्तराष्ट्रिय प्रतियोगितामा सहभागी हुन दिन नहुने समेत बताएका छन् ।
विशेषगरी रसियाले युक्रेनमाथि गरेको हमला र आक्रमणलाई लिएर उनको यस्तो भनाइ आएको हो । आईओसीले पनि रुसले युक्रेनमाथि गरेको आक्रमणको विरोध गर्दै कुनैपनि अन्तराष्ट्रिय प्रतियोगितामा रुसका खेलाडीहरुलाई प्रतिबन्ध लगाएको थियो । तर पछिल्लो समय आईओसीले रसियन पासपोर्ट भएकै कारण कुनैपनि खेलाडीलाई प्रतियोगिताबाट वञ्चित गर्न नहुने भन्दै उनीहरुलाई पनि खेल्न दिने बाटो खोजीरहेको छ ।