काठ्माण्डौं ।
नेपाल क्रिकेट संघ क्यानका अध्यक्ष चतुर बहादुर चन्दसहित कार्य सम्पादन समितिमा रहेका ५ जना पदाधिकारीहरुलाई ७ जना केन्द्रिय सदस्यहरुले राजीनामा माग गरेका छन् ।
कार्य सम्पादन समितिमा अध्यक्ष चतुर बहादुर चन्द, सचिव प्रशान्त विक्रम मल्ल, कोषाध्यक्ष रोसन सिंह, सदस्यहरु दुर्गा राज पाठक र पदम खड्का रहेका छन् ।
राजीनामा माग्नेहरुमा केन्द्रिय सदस्यहरुमा ऋषिराज गौतम, दाउद अन्सारी, सञ्जयराज सिंह, करण महतरा क्षेत्री, अमितवीर पाण्डे, छुम्बी लामा र धर्मराज गिरी रहेका छन् ।
उनीहरुले काठ्माण्डौंमा पत्रकार सम्मेलन गरी नेपाल टी–२० लिग आयोजनाको जिम्मेवारी भारतीय कम्पनी सेभेन थ्री स्पोर्टसलाई दिएर गल्ती गरेको भन्दै ५ जना पदाधिकारीको राजीनामा माग गरेका हुन् ।
आयोजक कम्पनी सेभेन थ्री स्पोर्टस नै फिक्सिङमा संलग्न भएको पाइएपछि यसको मुख्य जिम्मेवार क्यान नेतृत्व भएको उनीहरुको आरोप रहेको छ । क्यान अध्यक्ष चन्दले पत्रकार सम्मेलन गरेर नेपाल टी–२० लिग आयोजनाको क्रममा गल्ती गरेको स्वीकार गरेका थिए ।