फेब्रअरी १३ देखि २५ को बीचमा भारतसँग हुने मैत्रीपूर्ण फुटबलका लागि बन्द प्रशिक्षण हुने
  • प्रमुख खबर

काठ्माण्डौं ।

भारतसँगको मैत्रीपूर्ण फुटबलका लागि नेपाली राष्ट्रिय महिला फुटबल टोलीको बन्द प्रशिक्षण शुरु हुने भएको छ । एन्फा कम्प्लेक्समा मंगलबारबाट बन्द प्रशिक्षण शुरु हुने भएको हो । सो बन्द प्रशिक्षणका लागि ४३ जना महिला खेलाडीहरुलाई अखिल नेपाल फुटबल संघ (एन्फा) ले बोलाएको छ ।

प्रारम्भिक टोलीमा अमिशा कार्की, अनिता के.सी., अञ्जली वाइबा, अमृता जैशी, अनिता बस्नेत, अञ्जना राना मगर, अनुश्का शेर्पा, अञ्जिला तुम्बापो सुब्बा, विमला वि.क., विमला चौधरी, चन्द्रा भण्डारी, दिपा न्यौपाने, गंगा गुरुङ्ग, घिम कुमारी गुरुङ्ग, गीता राना, हिमाली चौधरी, हिरा कुमारी भुजेल, कविता वि.क., निशा थोकर, कुश्मा राई, कविता धिमाल, प्रीति राई, रश्मी कुमारी घिसिङ, कुसुम खतिवडा, मनिका कुश्वर, मन्जली कुमारी योञ्जन, मेनुका आले मगर, निर्मला वि.क., रेखा पौडेल, रेनुका नगरकोटी, सविता राना मगर, सावित्रा भण्डारी, समीक्षा घिमिरे, सञ्जु कुमाल, सपना राई, सरस्वती हमाल, सरस्वती एअर, सरु लिम्बु, सृजना चेम्जोङ, सिर्जना सिंह ठकुरी, सुनिता चौधरी र उशा नाथलाई एन्फाले बन्द प्रशिक्षणको लागि बोलाएको हो ।

नेपाली टोलीले भारतसँग फेब्रअरी १३ देखि २५ को बीचमा मैत्रीपूर्ण फुटबल खेल्ने भएको छ । त्यस्तै एन्फाले सोमबार नै महिला फुटबल टिमको मुख्य प्रशिक्षकमा अनन्त कुमार थापा र सहायक प्रशिक्षकमा गंगा गुरुङ्गलाई नियुक्ती गरेको थियो ।

 

 

तपाईको प्रतिक्रिया दिनुहोस्