काठ्माण्डौं ।
पाकिस्तानको पेशावर शहरमा सोमबार एक मस्जिदमा बम विस्फोट हुदाँ ज्यान गुमाउनेको सङ्ख्या ३२ पुगेको छ । उक्त विस्फोटमा परि १ सय ५० भन्दा धेरै घाइते समेत भएको अन्तरराष्ट्रिय समाचार एजेन्सीले जनाएको छ ।
मस्जिदमा मानिसहरुको बाक्लो उपस्थित हुने क्रममा आज दिउँसो लगभग १ः३० बजेको समयमा उक्त विस्फोट भएको हो ।
विस्फोटका कारण मस्जिदको एउटा भाग ध्वस्त भएको र मानिसहरु भग्नावेशमा पुरिएको स्रोतले बताएको छ । पाकिस्तानका विदेश मन्त्री भट्टो जर्दारीले उक्त आक्रमणको निन्दा गर्दै उक्त विस्फोट गराउने आतङ्कवादहरुलाई कडाइका साथ कारबाही गर्ने बताएका छन् । सो घटनाको जिम्मा भने हालसम्म कुनैपनि समुह नलिएको समेत स्रोतले जनाएको छ ।