पोखरा ।
नेपाल क्रिकेट संघ (क्यान) को पोखरामा बसेको बैठकलाई केन्द्रिय सदस्यहरु बहिस्कार गरेका छन् । नेपाल टी–२० लिग स्पट फिक्सिङमा मुछिएपछि क्यानका ७ जना केन्द्रिय सदस्यहरुले अध्यक्ष र कार्यसम्पादन समितिको राजिनामा माग गर्दै उक्त बैठक बहिस्कार गरेका हुन् ।
असन्तुष्ट केन्द्रिय सदस्यहरुले गरेको बठैक बहिष्कार बारे जानकारी दिँदै क्यानका सदस्य ऋषिराम गौतमले अध्यक्ष चतुरा बहादुर चन्द सहित सेभेन थ्रि स्पोर्टस कम्पनीसँग सम्झौता गर्ने टि–२० कार्यसम्पादन समितिको राजिनामा माग गरिएको बताएका छन् ।
सदस्य गौतमका अनुसार आज नै केहिबेरमा पत्रकार सम्मेलनको आयोजना गरेर यसबारेमा थप जानकारी दिने बताएका छन् । बैठक बहिष्कार गर्नेहरुमा केन्द्रिय सदस्यहरु ऋषिराम गौतम, दाउद अन्सारी, सञ्जयराज सिंह, करन महतरा क्षेत्री, अमित विर पाण्डे, छुम्बी लामा र धर्मराज गिरी रहेका छन् ।












