अर्थ मन्त्री पौडेलद्धारा सम्पत्ति शुद्धिकरणसम्बन्धी बनेका विधेयकलाई फास्ट ट्रयाकमा अघि बढाइने जानकारी
  • प्रमुख खबर

काठ्माण्डौं ।

सम्पत्ति शुद्धिकरणसम्बन्धी केही ऐनलाई संशोधन गर्न बनेको विधेयकलाई फास्ट ट्रयाकमा अघि बढाइने अर्थ मन्त्री विष्णु प्रसाद पौडेलले बताएका छन् ।

आज अर्थ मन्त्रालयमा बसेको सम्पत्ति शुद्धिकरणसम्बन्धी राष्ट्रिय पुनरावलोकन परिषद्को बैठकले सम्पत्ति शुद्धिकरण निवार तथा व्यवसायिक वातावरण प्रवद्र्धन सम्बन्धी केही ऐनलाई संशोधन गर्न बनेको विधेयकलाई फास्ट ट्रयाकमा अघि बढाउने निर्णय भएको उनले बताएका हुन् ।

आउँदो आइतबारसम्म विधेयकको मस्यौदालाई मन्त्रिपरिषद्मा पेस गर्ने र मन्त्रिपरिषद्ले त्यसलाई फास्ट ट्रयाकमा संघीय संसदमा पठाउने अर्थ मन्त्री पौडेलले जानकारी दिएका छन् ।

उनका अनुसार सरकारले सम्पत्ति शुद्धिकरणसम्बन्धी प्रावधानहरुको प्रभावकारी रुपमा कार्यान्वयनमा ध्यान दिने बताउँदै अन्र्तराष्ट्रिय रुपमा नेपालको छवि बिग्रन नदिने पनि जनाएका छन् ।

 

तपाईको प्रतिक्रिया दिनुहोस्