पोखरा ।
नेपाल क्रिकेट संघ (क्यान)को बैठक सकिएको छ । क्यानका ७ जना केन्द्रिय सदस्यहरुको बहिष्कारकाबीच नै बुधबार पोखरामा बोर्ड बैठक बसेर विभिन्न १३ वटा निर्णय गर्दै सकिएको हो ।
उक्त बैठकले १९ वर्षमुनिको राष्ट्रिय टिमको कप्तानमा गुलशन झालाई चयन गरेको छ । यस्तै अनुशासन उल्लङ्घनको कारबाहीमा परेका सन्दीप लामिछानेको निलम्बन पनि फुकुवा गरेको छ । त्यस्तै सो बैठकले कार्यवाहक सचिवबाट प्रशान्त विक्रम मल्लले दिएको राजीनामा स्वीकृत गरेर दुर्गाराज पाठकलाई नयाँ कार्यवाहक सचिवमा नियुक्त गरेको छ ।