परराष्ट्रमन्त्री पौडेलले श्रीलंकाका प्रधानमन्त्रीसँग भेट गर्नुअघि विदेशमन्त्रीसँग भेट गर्ने
  • प्रमुख खबर

काठ्माण्डौं ।

प्रधानमन्त्रीसँगको भेटअघि परराष्ट्रमन्त्री पौडेलले श्रीलंकाका विदेशमन्त्री एमयूएम अली सब्रिसँग भेट गर्ने छन् ।भेटघाटपछि उनी श्रीलंकाको स्वतन्त्रता दिवसको पूर्वसन्ध्यामा आयोजना हुने सांस्कृतिक कार्यक्रममा सहभागी हुनेछन् ।

भोलि शनिबार बिहान श्रीलंकाको स्वतन्त्र दिवसको अवसरमा आयोजित झण्डोत्तोलन र परेड कार्यक्रममा परराष्ट्रमन्त्री सहभागी हुने कार्यक्रम रहेको छ ।उक्त कार्यक्रम सकिएपछि दिउँसो श्रीलंकाका राष्ट्रपति रणिल विक्रमासिंघेसँग शिष्टाचार भेट हुनेछ ।

 

तपाईको प्रतिक्रिया दिनुहोस्