साफ यू–२० महिला च्याम्पियनसिपको पहिलो खेलमा नै नेपाल बंगलादेशसँग पराजित
  • प्रमुख खबर

काठ्माण्डौं ।

आजबाट शुरु भएको साफ यू–२० महिला च्याम्पियनसिप खेलमा नै नेपाल आयोजक राष्ट्र बंगलादेशसँग पराजित भएको छ ।ढाकाको कमलापुरमा रहेको बिएसएसएस मोस्ताफा कमल स्टेडियममा भएको खेलमा नेपाल बंगलादेशसँग ३–१ ले पराजित भएको हो ।

खेल शुरुवात भएको पहिलो आधा घण्टामा नै बंगलादेशले नेपालमाथी ३ गोल गरेको थियो । नेपालले खेलमा फर्कने प्रयास नगरेको भने होइन जसको फलस्वरुप २४ औं मिनेटमा नेपालका लागि मन माया दमाईले १ गोल र्फकाउन सफल भएकी थिइन ।

तपाईको प्रतिक्रिया दिनुहोस्