बलात्कारको अभियोग लागेका क्रिकेटर सन्दीपलाई राष्ट्रिय टोलीमा फकाईएको भन्दै क्यानविरुद्ध पदर्शन
  • प्रमुख खबर

काठ्माण्डौं ।

बलात्कारको अभियोग लागेका क्रिकेटर सन्दीप लामिछानेलाई राष्ट्रिय टोलीमा फर्काइएको भन्दै काठ्माण्डौंमा विरोध प्रदर्शन भएको छ । आज दिउँसो काठ्माण्डौंको माइतीघर मण्डलामा नेपाल क्रिकेट संघ (क्यान) विरुद्ध प्रदर्शन भएको हो ।

लिग डिभिजन टु अन्र्तगत नेपालमा हुने स्कटल्याण्ड र नोमबियासँगको खेलका लागि क्यानले बलात्कारको आरोप लागेका क्रिकेटर लामिछानेलाई समेत क्याम्पमा बोलाएको थियो । त्यही विरोधमा आज प्रदर्शन भएको हो । क्रिकेटर लामिछाने शुक्रबारदेखि नै नियमित अभ्यासमा रहेका छन् ।

बलात्कार आरोप लागेपछि सन्दीपलाई क्यानले निलम्बन गरेको थियो । तर अदालतले उनलाई २० लाख धरौटीमा रिहा गरेको केही समयपछि मंगलबार पोखरामा बसेको क्यानको बैठकले उनको निलम्बन फुकुवा गर्दै उनलाई प्रशिक्षणमा बोलाएको थियो ।

 

तपाईको प्रतिक्रिया दिनुहोस्