महानगरभित्रका फर्निचर तथा फर्निसिङ ब्यवसाय वैधानिक तवरले सन्चालन गर्न ब्यवसायीलाइ संघको आव्हान
  • प्रमुख खबर

पोखरा ।

फर्निचर तथा फर्निसिङ व्यवसाय संघ, कास्कीले पोखरा महानगरपालिका भित्र फर्निचर तथा फर्निसिङ व्यवसाय बैधानिक तवरले सन्चालन गर्न ब्यवसायीलाई आव्हान गरेको छ । यस्तै ब्यवसायको दर्ता तथा नविकरण र ब्यवस्थित रुपमा सन्चालनको निगरानी तथा अनुगमन गर्न पोखरा महानगरपालिका र महानगरका ३३ वटै वडामा ज्ञापन पत्र बुझाउने अभियान सुरु गरेको छ।

आज महानगर पालिकाको वडा नम्बर १ का अध्यक्ष साहारा प्रधान , वडा नम्बर २ का अध्यक्ष दिवस मान प्रधानाङ्ग र वडा नम्बर ५ का अध्यक्ष बिष्णु बराललाई कार्य कक्षमा भेटी ज्ञापन पत्र बुझाएको हो । संघले महानगर भित्र जे जति ब्यवसायी संचालित छन ती सबै दर्ता गरि कानुनको दायरामा ल्याउने अभियानको रूपमा सुरुवात गरेको जनाएको छ । गण्डकी प्रदेश सचीव हिरामणी पण्डितले व्यवसाय दर्ता नगरी संचालन हुदा राज्यको आम्दानीमा कमी हुने बताए ।

कानुनी प्रक्रिया पूरा गरि सन्चालन गरे राज्री पनि जिम्मेवार हुने र राज्य प्रति पनि जिम्मेवार भइने बताए । वडा नं १का अध्यक्ष साहारा प्रधानले फर्निचर तथा फर्निसिङ ब्यवसायी मात्रैलाइ नभइ छिटै नै सबै प्रकृति ब्यवसायीलाई कानुनी प्रक्रियामा आउन आव्हान गर्ने र नआए अनुगमन समिती गठन गरि कार्य अगाडि बढाउने प्रतिबद्धता ब्यक्त गरेका छन । वडा नं २ दिवस मान प्रधानाङ्गले आफुहरुले ब्यवसायलाइ कानुनी दायरामा ल्याउन प्रयत्न केही समय अघि नै सुरु गरेको भन्दै बिशेष गरी डेंगु रोग फैलने माध्यम भएको भन्दै अटोवर्कसपलाई बढी निगरानी गरेको बताए ।

करको दायारा फराकिलो बनाउन र वडामा दर्ता गर्न वडा संधै सकारात्मक रहेको जानकारी दिए । यस्तै वडा नं ५ का अध्यक्ष बिष्णु बरालले वडाले ब्यवसाय मात्र नभई वडामा कुकुर पाल्न पनिब दर्ता गर्नु पर्ने ब्यवस्था रहेको बताए । फर्निचर तथा फर्निसिङ मात्र नभई कहि कतै त्यस्ता ब्यवसाय सन्चालनमा भए उजुरी र खबरका आधारमा अनुगमन गरी कानुनी प्रक्रियामा ल्याउने बताए ।

पहिलो चरणमा वडा कार्यालय सबै ९१(३३० मा ज्ञापन पत्र बुझाइ सबै फर्निचर तथा फर्निसिङ ब्यवसायीलाई राज्य प्रति उत्तरदायी बनाउने लक्ष्य लिएको संघले दोस्रो चरणमा जिल्लामा सन्चालनमा भएका सबै फर्निचर तथा फर्निसिङ ब्यवसायको अनुगमन गर्ने जनाइएको छ । कास्की जिल्ला अध्यक्ष पूर्ण शोभा गुरुङ, प्रथम उपाध्यक्ष रामजी प्रसाद तिवारी , द्वितीय उपाध्यक्ष वेल बहादुर नेपाली, महासचिव परमेश्वर दवाडी , कार्य समिती सदस्य भेष राज वास्तोला , क्षेत्रीय सदस्य नवराज सुवेदी लगायत उपस्थित भएका थिए ।

फर्निचर तथा फर्निसिङ व्यवसाय संघ कास्कीको मिति २०७९र०७र१७ गतेको पत्रबाट ब्यवसाय दर्ता गरि वैधानिक रुपमा सन्चालनमा ल्याउन आवश्यक सहजीकरणको माग गरेको थियो । उक्त पत्र कार्यान्वयन गर्न सम्बन्धित निकाय र पोखरा महानगरपालिकाको आर्थिक ऐन, २०७९ बमोजिम महानगरपालिकामा दर्ता तथा नविकरण गरी व्यवसाय संचालन गर्ने व्यवस्था मिलाउन सबै वडाहरुलाई पोखरा महानगरपालिका नगर कार्यपालिकाले मिति २०७९र१०र१६ पत्र काटी गते पुनस्ताकेता गरेको छ ।

 

 

तपाईको प्रतिक्रिया दिनुहोस्