बङ्गलादेशसँगको पहिलो खेलमा पराजित भएको नेपालले भुटानलाई हान्यो ४ गोल
  • प्रमुख खबर

काठ्माण्डौं ।

२० वर्षमुनिको महिला साफ च्याम्पियनशिप फुटबलमा आइतबार भुटानलाई नेपालले ४–० गोलले हराएको छ । बङ्गलादेशको राजधानी ढाकामा जारी भएको खेलमा नेपालले भुटानमाथी ४–० को गोल अन्तरले हराउँदै यस प्रतियोगितामा पहिलो जित निकालेको हो ।

नेपालको जितमा अमिषा कार्कीले ह्याट्रिक गर्न सफल भइन भने कप्तान प्रिती राईले एक गोल गरेकी छन् । जारी प्रतियोगिताको पहिलो खेलमा भने बङ्गलादेशसँग नेपाल ३–० गोलले पराजित भएको थियो । राउन्ड रोबिनको आधारमा भई रहेको यस प्रतियोगिताको शीर्ष दुई टोलीले उपाधिका लागि आउँदो विहीबार प्रतिस्पर्धा गर्ने भएको छ ।

त्यस्तै यस महिला साफ च्याम्पियनशिप फुटबलमा आयोजक बङ्गलादेशसहित नेपाल, भारत र भुटान गरी ४ वटा देशको सहभागी रहेको छ ।

 

तपाईको प्रतिक्रिया दिनुहोस्