उत्कृष्ट खेल प्रदर्शन गरेको नेपालद्धारा भारत पराजित
  • प्रमुख खबर

काठ्माण्डौं ।

बङ्गलादेशमा जारी २० वर्षमुनिको साफ महिला च्याम्पियनसिप फुटबल प्रतियोगितामा भारतलाई हराउँदै नेपाल फाइनलमा प्रवेश गर्न सफल भएको छ । ढाकाको बीएसएसएस मुस्तोफा कमल स्टेडियममा आज भएको नेपाल र भारतबीचको खेलमा भारत पराजित भएको हो ।

उत्कृष्ट खेल प्रदर्शन गरेको नेपालले भारतलाई ३–१ गोलले हराएको हो । नेपालको जितमा अञ्जली चन्द, प्रिति राई र अमिषा कार्कीले १÷१ गोल गर्न सफल भएका छन् । यो जितसँगै नेपालले तीन खेलमा ६ अङ्क जोडेको छ । अब नेपालले फाइनलमा भारत वा बंगलादेशसँग आउँदो विहीबार खेल्ने भएको छ ।

नेपाल दोस्रो पटक यस प्रतियोगितामा फाइनलमा पुगेको हो । यसअघि सन् २०१८ मा पहिलो पटक भएको च्याम्पियनसिपमा नेपाल फाइनलमा प्रवेश गरेको थियो । त्यससमय नेपाल बंगलादेशसँग पराजित भएको थियो ।

तपाईको प्रतिक्रिया दिनुहोस्