मोआथाईको विश्व च्याम्पियनसिपमा सहभागी भएका नेपाली खेलाडीद्धारा रेकर्ड राख्न सफल
  • प्रमुख खबर

काठ्माण्डौं ।

मोआथाईको ‘विश्व च्याम्पियनसिप’ फाईटमा भाग लिएका नेपाली गेन्जी राई, दिग्विजय राठौर र लालबहादुर तामाङ्गले रेकर्ड राख्न सफल भएका हुन् ।

थाइल्याण्डमा आयोजना भएको च्याम्पियनसिपमा नेपालका राई ९३१ केजी०, तामाङ ९५३ केजी०, र राठोरले ९६३ केजी० तौलमा प्रतिस्पर्धा गरेका थिए । उनीहरु तीनै जनाले रजत पदक प्राप्त गर्न सफल भएको सचिव दिपक तामाङले बताए ।

थाईल्याण्डमा फेब्रुअरी २ देखि ६ सम्म भएको च्याम्पियनसिप प्रतियोगितामा विश्वभरका ५० वटा देशहरुले सहभागिता जनाएका थिए ।
प्रतियोगितामा खेलाडिहरुको व्यवस्थापनका लागी टिम म्यानेजरका रुपमा संस्थाका अध्यक्ष एवं प्रशिक्षक राजु राई र प्रशिक्षक पुरण रोकाया खेलाडिहरु सँगै थाईल्याण्ड पुगेका थिए ।

तपाईको प्रतिक्रिया दिनुहोस्