पोखरा, २६ माघ ।।
पोखरामा आज पृथ्वीचोकको चाइनापुलमा दुर्घटना भएको छ । बसले स्कुटरलाई ठक्कर दिंदा पोखरा २६ बुढीबजारकी २६ वर्षीया रेजीना आचार्यको ज्यान गएको हो ।
दुर्घटनामा गम्भीर घाइते भएकी आचार्यको उपचारको क्रममा मृत्यु भएको कास्कीका प्रहरी प्रमुख अजय केसीले जानकारी दिए । बुद्धचोकबाट पृथ्वीचोकतर्फ आउँदै गरेको ना ८ ख ५२५१ नम्बरको बसले सोही दिशाबाट आउँदै गरेको ग १५ प २४७६ नम्बरको स्कुटरलाई ठक्कर दिएको थियो ।
दुर्घटना लगतै बस चालक सुनिल नेपालीलाई पक्राउ गरी थप अनुसन्धान गरी रहेको प्रहरीले जनाएको छ ।