शुक्रबार सुनको भाउ १ हजार ३ सयले घट्यो
  • प्रमुख खबर

पोखरा ।

सुनको भाउ आज १ हजार ३ सय रुपैयाँले घटेको छ ।आज सुनको भाउ तोलामा १ लाख ३ हजार ६ सय रुपैयाँ तोकिएको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

हिजो सुनको भाउ तोलामा १ लाख ४ हजार ९ सय रुपैयाँ थियो । यस्तै, आज चाँदीको पनि भाउ घटेको छ ।चाँदी तोलामा ३० रुपैयाँले घटेर १ हजार २ सय ९० रुपैयाँमा झरेको महासङ्घले जनाएको छ ।

तपाईको प्रतिक्रिया दिनुहोस्