अमेरिकी संस्था यूएसएआईडीले टर्की र सिरियालाई ८ करोड ५० लाख अमेरिकी डलर सहयोग गर्ने
  • प्रमुख खबर

काठ्माण्डौं ।

भूकम्प प्रभावित देशहरु टर्की र सिरियालाई अमेरिकाले ८ करोड ५० लाख डलर सहयोग गर्ने घोषणा गरेको छ । अमेरिकाले सो रकम भूकम्प प्रभावित क्षेत्रमा राहत तथा उद्धारका लागि सहयोग गर्ने घोषणा गरेको हो ।

अमेरिकी सरकारको मानवीय सहायता संस्था यूएसएआईडीबाट सहयोगको लागि उपलब्ध गराइएको यो रकम विशेषगरी चिसोबाट जोगाउन तथा खाना, पानी र स्वास्थ्यका लागि खर्च गर्नुपर्ने जनाइएको अन्तराष्ट्रिय सञ्चार माध्यमले जनाएको छ ।

टर्की र सिरियाका भूकम्प प्रभावित क्षेत्रमा अमेरिकासँगै यतिबेला विश्वभरबाट राहत तथा सहयोग गर्ने क्रम जारी नै रहेको छ । गत सोमबार यी दुई देशमा गएको भूकम्पका कारण ज्यान गुमाउनेको संख्या हालसम्म २४ हजार नजिक पुगेको छ ।

त्यस्तै कैयौं मानिसहरु घाइते भएका छन् भने अझै पनि भग्नावेशषमा पुरिएको आशंकामा खोजी तथा उद्धार कार्य जारी नै रहेको छ ।

 

तपाईको प्रतिक्रिया दिनुहोस्