पोखरा ।
पोखराको लेकसाईडस्थित सेलवेज डिपार्टमेन्टल स्टोर्ससमा शनिबार आज आगलागी भएको छ । लेकसाईड हल्लनचोकस्थित सेलवेजको सेल्सवेरी शाखामा आज भीषण आगलागी भएको हो ।
आगलागीका कारण सेलबेजको सेल्सबेरी शाखाका अधिकांश भाग जलेर नष्ट भएको छ । अहिले वारुणयन्त्रसहित प्रहरी र स्थानीयबासीहरुद्धारा आगलागी नियन्त्रणमा लागि परेका छन् ।
सो आगलागी भएको भवनमा नबिल बैंकको शाखा, हिमालयन जाभा समेत रहेको छ । सो आगलागीको घटना बारे भने थप विवरण अझै आउँन बाँकी नै रहेको छ ।