पोखरा ।
पोखराको लेकसाईडस्थित सेलवेज डिपार्टमेन्टल स्टोर्ससमा शनिबार अपराहन ४ बजेर ३० मिनेट जादाँ लागेको आगो बल्ल नियन्त्रणमा आएको छ ।लेकसाईड हल्लनचोकस्थित सेलवेजको सेल्सवेरी शाखामा लागेको आगलागी करिब डेढ घण्टापछि मात्र नियन्त्रणमा आएको हो ।
आगलागीका कारण सेलबेजको भुईतला पूर्ण रुपमा जलेर नष्ट भएको कास्की प्रहरीले जनाएको छ । प्रहरीका अनुसार उक्त भवनमा रहेको अन्डरग्राउण्डमा समेत आगलागीका कारण क्षति हुन पुगेको छ । सो आगलागी भएको भवनमा रहेको नबिल बैंकको शाखा र हिमालयन जाभामा आंशिक रुपमा मात्र क्षति पुगेको छ ।
आगलागी भएको केही समयमा ४ वटा वारुणयन्त्रसहित स्थानीयबासीन्दा र प्रहरीको सहयोगमा आगो नियन्त्रणमा आएको त्यहाँका स्थानीयबासीहरुले बताएका छन् ।