यातायात मजदुरले गरेको आन्दोलनका क्रममा ल्होत्से मलमा लुटपाट गर्नेलाई कारबाही गर्न गृहमन्त्रालयको निर्देशन
  • प्रमुख खबर

काठ्माण्डौं ।

सोमबार विभिन्न माग राख्दै यातायात मजदुरका संघ, संगठनहरुले गरेको आन्दोलनका क्रममा काठ्माण्डौंको नयाँ बसपार्कस्थित ल्होत्से मलमा लुटपाट गर्नेलाई पक्राउ गरी कारबाही गर्न गृहमन्त्रालयले प्रहरीलाई निर्देशन दिएको छ ।

सो दिन आन्दोलनको क्रममा ल्होत्से मलमा ८ करोड बढीको मोबाइल लुटपाट भएका थिए । मोबाइल पसलबाट मोबाइल लुटपाट गरेको भिडियोहरु समेत सामाजिक सञ्जालमा सार्वजनिक भएको छ ।

मंगलबार गृह मन्त्रालयका सचिव विनोद प्रकाश सिंहले प्रहरी महानिरीक्षक धिरज प्रताप सिंहलाई टेलिफोन गरी उक्त घटनामा संलग्नको पहिचान गरेर कारबाही गर्न निर्देशन दिएका हुन् । यसैबीच लुटपाट गर्ने चार जनालाई प्रहरीले मोबाइलसहित पक्राउ गरेको छ ।

तपाईको प्रतिक्रिया दिनुहोस्