फागुन, ४ पोखरा ।।
गण्डकी प्रदेश सरकारले बार्षिक उत्सवको अवसरमा विषेश कार्यक्रम गरी मनाएको छ । सरकार गठन भएको पाँच वर्ष पुगेर ६ औं वर्षमा प्रबेश गरे संगै आज
कार्यक्रमको उद्घाटन गर्दै गण्डकी प्रदेश प्रमुख पृथ्वीमान गुरुङले शासन पद्धति जीवन पद्धतिसँग जोडिनुपर्ने बताए । उनले संघीय लोकतान्त्रिक गणतन्त्रतात्मक शासन ब्यवस्थासँगै स्थापित प्रदेशहरू केवल शासन प्रणालीका रुपमा मात्र नभई नागरिकको जीवन पद्दति र शैलीका रुपमा स्थापित हुनुपर्ने बताए ।
गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले केन्द्र आश्रित प्रदेश अन्त्य गर्ने कुरामा आँफूले पहल गरेको बताए । संविधानको मर्म अनुसार अधिकारको प्रत्यायोजन नहुँदा समस्या आएको बताए । उनले प्रदेशको समृद्धि र विकासका लागि सत्तापक्ष, प्रतिपक्ष सबै एक ठाउँमा भएर अघि बढ्नुपर्ने बताए । कार्यक्रममा गण्डकी प्रदेशका सभामुख कृष्णप्रसाद धिताल, गण्डकी प्रदेशका संस्थापक मुख्यमन्त्री पृथ्वीसुव्वा गुरुङ, पूर्व मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल, गण्डकी प्रदेशका प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका संसदीय दलका नेता सुरेन्द्र पाण्डे लगाएतले प्राप्त उपलब्धिलाई रक्षा गर्ने सबैको साझा दायित्व भएको बताए ।
गण्डकी प्रदेश सरकार मन्त्रिपरिषद्को बैठकले १० जना कर्मचारीलाई पुरस्कार घोषणा गरेको छ ।
(क) उत्कृष्ट राज्य निजामती सेवा पुरस्कारः रु १ लाख
(१) मनमाया भट्टराई पंगेनी, सचिव, मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, पोखरा ।
(ख) उत्कृष्ट राज्य निजामती सेवा पुरस्कारः रु ७५ हजार
(१) पूर्णेश्वर सुवेदी, अधिकृत दशौं डिभिजन वन कार्यालय, लमजुङ
(२) डिल्लीराम रिज्याल, अधिकृत दशौं, यातायात व्यवस्था कार्यालय, सवारी कास्की ।
(३) बाबुराम आचार्य, वरिष्ठ जनस्वास्थ्य अधिकारी, स्वास्थ्य कार्यालय, मनाङ ।
(ग) राज्य निजामती सेवा पुरस्कारः रु ५० हजार
(१) करुणा राई, अधिकृत आठौं, प्रदेश संग्राहलय, पोखरा
(२) विवेक सिग्देल, इन्जिनियर, पूर्वाधार विकास कार्यालय, मुस्ताङ ।
(३) अनिल सुवेदी, अधिकृत अधिकृत, कृषि, ऊर्जा तथा जलस्रोत मन्त्रालय, पोखरा
(४) रामेश्वर ढुंगाना, अधिकृत क्यान्टोनमेन्ट, आर्थिक मामिला मन्त्रालय, पोखरा
(५) विष्णु पोखरेल पौडेल, सहायक पाँचौ, प्रदेश लोक सेवा आयोग, पोखरा
(६) सुर्य बहादुर बानियाँ, सहायक पाचौ, गण्डकी प्रदेश सभा सचिवालय ।