काठ्माण्डौं ।
भारतबाट पेट्रोलियम पदार्थको मूल्य घटेर आएतापनि नेपाल आयल निगमले भने मूल्य नघटाउने भएको छ । भारतीय आयल कर्पोरेसन (आईओसी) ले पेट्रोलको मूल्य यसअघिको तुलनामा प्रतिलिटर १ रुपैयाँ ९७ पैसा घटाएर पठाएको छ ।
त्यस्तै डिजेल प्रतिलिटर ६ रुपैयाँ ४० पैसा घटेर आएको छ । तर नेपाल आयल निगम (एनओसी) ले भने यसपटक कुनैपनि हालतमा मूल्य नघटाउने जनाएको छ । यसअघि निगमले पेट्रोल र डिजेलको मूल्य वृद्धि भएर आएको भन्दै प्रतिलिटरमा ३÷३ रुपैयाँका दरले मूल्य वृद्धि गरेको थियो ।
विशेषगरी निगमले आईओसीलाई ११ अर्ब र नेपाल सरकारलाई ७ अर्ब ऋण र्तिन अझै बाँकी भएकोले तत्काल मूल्य नघटाउने जनाएको छ ।