काठ्माण्डौं ।
खाना पकाउने ग्यास विस्फोट हुँदा गम्भीर घाइते भएका सांसद चन्द्र भण्डारीको दुवै खुट्टाको शल्यक्रिया सम्पन्न भएको छ ।भारतको मुम्बाई स्थित नेशनल बन्र्स सेन्टरमा उपचारत कांग्रेस नेता एंव गुल्मी क्षेत्र नम्बर १ का प्रतिनिधिसभा सदस्य चन्द्र भण्डारीको दुवै खुट्टाको शल्यक्रिया सम्पन्न भएको स्रोतले जनाएको छ । अहिले उनको स्वास्थ्य अबस्था सामान्य रहेको छ ।
सांसद भण्डारीको बुधबार बुद्धनगरस्थित आफ्नै निवासमा ग्यास विस्फोट हुँदा सख्त घाइते भएका थिए । उनलाई विहीबार थप उपचारको लागि एअर एम्बुलेन्समार्फत मुम्बई लगिएको थियो । त्यस्तै उक्त ग्यास विस्फोटनमा परि उनको आमा हरिकला भण्डारीको निधन भएको थियो ।