नेपालद्धारा शीर्ष स्थानमा रहेको स्कटल्याण्ड ३ विकेटले पराजित गर्न
  • प्रमुख खबर

काठ्माण्डौं ।

दीपेन्द्र सिंह ऐरी र कुशल मल्लको उत्कृष्ट ब्याटिङमा नेपालले आईसीसी विश्व कप क्रिकेट लिग टु अन्र्तगत त्रिदेशीय एक दिवसीय शृङ्लामा स्कटल्याण्डलाई पराजित गरेको छ । शुक्रबार भएको खेलमा नेपालले शीर्ष स्थानमा रहेको स्कटल्याण्डलाई ३ विकेटले पराजित गर्न सफल भएको हो ।

स्कटल्यान्डले दिएको २ सय ७५ रनको लक्ष्य नेपालले ४७ ओभरमा ७ विवेट गुमाउँदै भेट्याएको हो । नेपालको जितमा दीपेन्द्रले १ सय १६ बल खेल्दै ८ चौका र १ छक्को मद्दतमा अविजित ८५ रन बनाएका थिए ।

त्यस्तै कुशल मल्लले ६७ बल खेल्दै ९ चौका र ४ छक्कामा ८१ रन बनाए । स्कटल्याण्डलाई नेपालले दोस्रो पटक ओडिआईमा हराएको हो । यसअघि गत जु लाईमा स्कटल्याण्डलाई लिग टु मा उसैको घरेलु मैदानमा नेपालले पराजित गरेको थियो ।

आजको यस जितसँगै नेपाल २६ खेलमा २२ अङ्कसहित तालिकाको छैटौं स्थानमा रहेको छ । यस्तै स्कटल्याण्ड ३४ खेलमा ४८ अङ्कका शीर्ष स्थानमा नै रहेको छ ।

 

 

तपाईको प्रतिक्रिया दिनुहोस्