राष्ट्रपतिको चुनावको लागि निर्वाचन आयोगद्धारा तोकियो निर्वाचन अधिकृत र मतदान स्थल
  • प्रमुख खबर

काठ्माण्डौं ।

राष्ट्रपति चुनावका लागि निर्वाचन आयोगले आइतबार निर्वाचन अधिकृत र मतदान स्थल तय गरेको छ । आयोगले भोलि सोमबारदेखि लागुहुने गरी निर्वाचन अधिकृत नियुक्त गरेको हो ।आउँदो २५ गते हुने राष्ट्रपतिको चुनावको लागि महेश शर्मा पौडेललाई निर्वाचन अधिकृत नियुक्त गरिएको आयोगले जनाएको छ ।

त्यस्तै नयाँ बानेश्वरको अन्र्तराष्ट्रिय सम्मेलन केन्द्रलाई आयोगले मतदान स्थल निर्धाण गरेको छ । उक्त मतदान स्थलमा दुई वटा केन्द्र रहने समेत आयोगले जनाएको छ । राष्ट्रपति निर्वाचन तालिका अनुसार निर्वाचन अधिकृतको कार्यालय स्थापनापछि आउँदो बुधबार १० गते मतदाता नामावली प्रकाशन हुने भएको छ ।

मतदानका लागि आउँदो १३ गते मनोनयन दर्ता हुने भएको छ । राष्ट्रपतिको चुनावमा संघीय संसदको दुवै सदन राष्ट्रिय सभा र प्रतिनिधि सभा सदस्य तथा ७ वटै प्रदेशका प्रदेश सभा सदस्य मतदाता हुने कानुनी व्यवस्था छ । संघीय संसदका सदस्यको मतभार ७९ र प्रदेश सभा सदस्यको मतभार ४८ हुनेछ ।

 

 

तपाईको प्रतिक्रिया दिनुहोस्