पोखरामा नेकपा एमालेको मिसन ग्रास रुट कार्यक्रम
  • प्रमुख खबर

पोखरा ।

नेकपा एमाले कास्कीले पोखरामा आयोजना गरेको बृहत कार्यकर्ता अनुशिक्षण एवं बधाई शुभकामना कार्यक्रममा बोल्दै माधव नेपालहरुले काँग्रेसको पछि लाग्ने अनि कम्युनिस्ट हौ भन्ने कुरा उचित नभएको बताए ।काँग्रेसको नेतृत्व स्विकार गरेपछि कम्युनिस्ट कसरी हुन्छ रु उनले प्रश्न गरे । उपाध्यक्ष ज्ञवालीले नेकपा एमालेलाई कुवाको पानी जस्तो नभई नदि जस्तो बनाउन मिसन ग्रास रुट कार्यक्रम सञ्चालन गरिएको बताए ।

कार्यकर्ताले गफ मात्रै गरेर नहुने भन्दै नियमित काम गर्न आग्रह गरे ।नियमित पार्टीको काम गरौ जिम्मेवारी पूरा गरौ उपाध्यक्ष ज्ञवालीले भने, काम नगर्ने हो भने छोडौ नत्र जिम्मेवारी पूरा गर्नुपर्ने बताए ।कार्यक्रममा एमाले सचिव पदमा अर्याल, एमाले संगठन विभाग प्रमुख एवं गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारी, एमाले केन्द्रीय सदस्य एवं कास्की जिल्ला इन्चार्ज कृष्ण थापा, एमाले केन्द्रीय सदस्य मायानाथ अधिकारी लगायतले बोलेका थिए ।

कार्यक्रममा गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारी र कृषि मन्त्री बेदबहादुर गुरुङलाई सम्मान गरिएको थियो ।कार्यक्रम एमाले कास्कीका अध्यक्ष मनबहादुर गुरुङको अध्यक्षतामा भएको थियो भने उपाध्यक्ष तेजनारायण अधिकारीले स्वागत र सचिव बैनबहादुर अधिकारीले सञ्चालन गरेका थिए ।

 

तपाईको प्रतिक्रिया दिनुहोस्