काठ्माण्डौं ।
लामो समयदेखि दम र छातीको सङ्क्रमणको उपचार गराईरहेका पूर्व स्वास्थ्यमन्त्री डा.मथुरा प्रसाद श्रेष्ठको निधन भएको छ । उनको सोमबार (आज) विहान ८८ वर्षको उमेरमा उपचारको क्रममा अन्नपूर्ण न्यूरो अस्पतालमा निधन भएको पारिवारिक स्रोतले जनाएको छ ।
वामपन्थी बुद्धिजीवी श्रेष्ठले चिकित्सकले समुदायमा नै गएर उपचार गर्नुपछ भन्ने मान्यतालाई अघि बढाएका थिए । २०४६ सालमा देशका प्रजातन्त्रको पुनर्बहाली भएपछि बनेको सरकारमा उनी नागरिक समाजका तर्फबाट स्वास्थ्यमन्त्री भएका थिए ।
उनी मानवअधिकार क्षेत्रका एक अगुवा समेत रहेका थिए । श्रेष्ठको १ छोरी र ६ छोरा रहेका छन् । उनको भोलि मंगलबार पशुपति आर्यघाटमा दाहसंस्कार गरिने भएको छ ।
त्यस्तै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड ले उनको निधनप्रति दु ःख व्यक्त गरेका छन् । सामाजिक सञ्जाल फेसबुकमार्फत प्रधानमन्त्री प्रचण्डले पूर्व स्वास्थ्यमन्त्री, बुद्धिजीवी एंव मानव अधिकारकर्मी श्रेष्ठको निधनप्रति गहिरो दु ःख व्यक्त गरेका छन् । साथै उनले शोकसन्तप्त परिवारजन, आफन्त र शुभेच्छुकहरुमा समेत संवेदना प्रकट गरेका छन् ।