सरिता गुरुङ्ग
पोखरा ।
पोखरा महानगरपालिका स्थित वडा नं.२७, ३० र ३१ मा पर्ने तालचोक वेगनासताल सडक खण्ड स्तरोन्नति हुने भएको छ । विश्व बैंकको आर्थिक सहयोगमा उक्त सडक खण्ड स्तरोन्नति हुने भएको हो ।
उक्त सडक खण्डको क्षेत्राधिकार (भइरहेको सडकको केन्द्रबाट दायाँ–बायाँ ५०÷५० फिट) भित्र पर्ने घर, टहरा, अस्थायी संरचना, खेतीपाती साथै व्यक्तिगत प्रयोजनका सम्पूर्ण सामाग्रीहरु हटाउन महानगरले आज सूचना जारी गरी जानकारी दिएको छ ।
महानगरद्धारा जारी उक्त सूचनामा आजको मितिले १५ दिन भित्र सो सडक खण्डको क्षेत्राधिकार भित्र पर्ने सम्पूर्ण वस्तुहरु हटाई विकास निर्माण कार्यमा सहयोग गर्न सम्बन्धित सबैलाई आग्रह समेत गरेको छ ।













