काठ्माण्डौं ।
आइसिसी विश्वकप क्रिकेट लिग–२ अन्र्तगत घरेलु मैदानमा भएको त्रिकोणात्मक एकदिवसीय सिरिजको उपाधि नेपालले जितेको छ । नेपालले लिग–२ मा पहिलो पटक सिरिजको चार वटै खेल जितेको छ ।
मंगलबार भएको अन्तिम खेलमा नेपालले स्कटल्याण्डलाई दुई विकेटले हराउँदै जित हात पारेको हो । कीर्तिपुरस्थित त्रिभुवन विश्व विद्यालयको क्रिकेट मैदानमा टस हारेपछि स्कटल्याण्डले पहिलो ब्याटिङको निम्तो पाएको थियो ।
स्कटल्याण्डले निर्धारित ५० ओभरको खेलमा ४६ दशमलब १ ओभरमा सबै विकेट गुमाउँदै २ सय १२ रनको योगफल बनाएको थियो । नेपालले ३५ बल बाँकी हँुदा ८ विकेट गुमाउँदै २ सय १३ रनका साथ विजय प्राप्त गरेको हो ।
यससँगै नेपालले हालसम्म खेलेका २८ खेलमध्ये १२ मा जित तथा १४ खेलमा हार बेहोरेको छ । यस्तै स्कटल्याण्डले ३६ खेलमा ५० अंक जोड्दै शीर्ष स्थान रहँदै लिग–२ टुंगाएको छ । स्कटल्याण्ड लिग–२ को च्याम्पियन बनेको छ ।
त्यस्तै जारी सिरिजमा चार वटै खेलमा पराजित भएको नामिबियाले हालसम्म ३४ खेल खेल्दै ३७ अंक जोडेको छ । नामिबिया लिग–२ को तेस्रो स्थानमा रहेको छ ।