राष्ट्रपति निर्वाचनको लागि ८८१ जनाको नामावली सार्वजनिक
  • प्रमुख खबर

काठ्माण्डौं ।

निर्वाचन आयोगले राष्ट्रपति निर्वाचनको लागि ८८१ जनाको नामावली सार्वजनिक गरेको छ ।राष्ट्रपति तथा उपराष्ट्रपति निर्वाचन अधिकृतको कार्यालयले ८८१ जनाको मतदाताको नामावली सार्वजनिक गरेको हो ।

संघीय संसद्का ३३१ र प्रदेश सभाका ५५० जना मतदाताको नाम रहेको छ । राष्ट्रपतिको निर्वाचनमा संघीय सांसद र प्रदेश सभा सदस्यहरूले भाग लिन पाउँछन् ।मतदाता नामावलीको दाबी विरोधको उजुरी बुधवार बिहान ११ बजेदेखि बिहीबार १२ बजेसम्म तोकिएको छ ।

उक्त समयमा आएका निवेदन तथा उजुरी उपर फागुन १२ गते ३ बजेसम्म छानबिन गरी ४ बजे अन्तिम नामावली प्रकाशन गरिने छ ।
राष्ट्रपति पदको लागि फागुन १३ गते शनिवार मनोनयन दर्ता गर्ने र २५ गते निर्वाचन हुँदैछ ।

तपाईको प्रतिक्रिया दिनुहोस्