बैंक तथा वित्तीय संस्थाहरु सरकारले दिने आकस्मिक विदाका दिन बन्द गर्न नपाइने
  • प्रमुख खबर

काठ्माण्डौं ।

बैंक तथा वित्तीय संस्थाहरु सरकारले दिने आकस्मिक विदाका दिन बन्द गर्न नपाइने भएको छ । नेपाल राष्ट्र बैंकले क, ख र ग वर्गका बैंक तथा वित्तीय संस्थालाई जारी गरेको एकीकृत निर्देशन २०७९ मा संशोधन तथा परिमार्जन गर्दै आज यस्तो प्रावधान ल्याएको हो ।

सरकारले दिने आकस्मिक विदाका दिन बैंकहरुले विहान १० देखि १ः३० बजेसम्म कार्यालय खुला गरेर सेवा दिनुपर्ने गरि राष्ट्र बैंकले समय तोकेको छ । यस बेला बैंक तथा वित्तीय संस्थाले आवश्यक विभाग र कार्यालय खुला राखेर सेवा सूचारु गर्नुपर्ने राष्ट्र बैंकको निर्देशन रहेको छ ।

 

तपाईको प्रतिक्रिया दिनुहोस्