माछापुच्छ्रे गाउँपालिका–८ का वडाध्यक्षद्धारा कुटिए इन्जिनियर
  • प्रमुख खबर

पोखरा ।

कास्कीको माछापुच्छ्रे गाउँपालिका–८ का वडाध्यक्ष राम बहादुर गुरुङ्गले गुण्डागर्दी शैलीमा कर्मचारीलाई कुटपिट गरेका छन् । अध्यक्ष गुरुङ्गले सोही वडाका इन्जिनियर लक्ष्मण जि.सी.लाई शुक्रबार विहान १०ः३० बजेको समयमा कुटपिट गरेका हुन् ।

कुटपिटबाट घाइते भएका इन्जिनियर जि.सी.को टाउँको, नाक, घाँटी र शरिरको विभिन्न ठाउँमा भित्री चोटपटक लागेको छ । वडाध्यक्षले आफुमाथी सार्वजनिक ठाउँमा नै कुनै कारण कुटपिट गरेकाले तत्काल आवश्यक कारबाही गर्न माग गर्दै प्रहरीमा उजुरी पनि दिएका छन् । सो घटनाबारे जिल्ला प्रशासन कार्यालय कास्कीमा जानकारी भइसकेको स्रोतले बताएको छ ।

त्यस्तै इन्जिनियर जि.सी.लाई वडाध्यक्षले अश्लील गालीगलौज र हातपात गरेको विषयमा कास्की जिल्लामा रहेका क्रियाशील टे«ड यूनियनले विज्ञप्ति जारी गरेको छ । उक्त विज्ञप्तिमा, “कर्मचारीले कार्यालयको कामको सिलसिलामा कुनै गल्ती गरेमा उसलाई कानुनी रुपमा कारबाही गर्न सकिने व्यवस्था हुँदा–हुँदै पनि दम्भ देखाएर बलको प्रयोग गरी कुटपिट गरेको प्रति त्यसविरुद्ध घोर भत्र्सना गर्दछौैं” भनिएको छ ।

देशमा संघीयता कार्यान्वयन गर्नको लागि देशको कुनाकाप्चामा पुगी काम गर्ने कर्मचारीलाई हौसला प्रदान गरी काममा लगाउन सक्नुपर्ने ठाउँमा पटक–पटक अश्लील गाली गर्ने र हातपात गर्ने विषय कुनैपनि हालतमा क्षम्य हुन नसक्ने समेत सो विज्ञप्तिमा भनिएको छ ।

 

तपाईको प्रतिक्रिया दिनुहोस्