सहकारीको ढोका फोरेर चोरी गरेको आरोपमा एक जना पक्राउ
  • प्रमुख खबर

काठ्माण्डौं ।
प्रहरीले सहकारी चोरी गरेको आरोपमा एक जनालाई पक्राउ गरेको छ । काठ्माण्डौं टोखा–७ स्थित मिसास बचत तथा ऋण सहकारी संस्थामा चोरी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा नुवाकोट जिल्ला बेलकोट गढी नगरपालिका–११ तिगाउँ घर भई हाल तारकेश्वर–१ बस्दै आएका ३३ वर्षीय रुप बहादुर तामाङ्ग नाम गरेका व्यक्ति पक्राउ परेका छन् । गत माघ ३ गते रातिको समयमा तामाङ्गले उक्त सहकारीको ढोका फोडेर सेफ सहित नगद २ लाख चारी गरेको प्रहरीले जनाएको छ ।

उनलाई काठ्माण्डौंको बसुन्धाराबाट चोरी गर्न प्रयोग गरिएको औजारसहित प्रहरीले पक्राउ गरेको हो । उनीमाथि अहिले आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया दिनुहोस्