भारतबाट ग्याँसको मूल्य बढेर आउदा पेट्रोल र डिजलको मूल्य घट्यो
  • प्रमुख खबर

काठमाडौं ।।

भारत आयल कर्पोरेशन (आईओसी) ले नेपाल आयल निगम (एनओसी) लाई नयाँ मूल्य सूची पठाएको छ।
नयाँ मूल्य सूची अनुसार पेट्रोल, डिजल, मट्टितेल र हवाई इन्धनको मूल्य घटेको छ भने खाना पकाउने एलपीजी ग्यासको मूल्य बढेको छ।

आईओसीले पठाएको नयाँ मूल्य अनुसार पेट्रोलमा १.२१ रुपैयाँ, डिजेलमा ५.५ रुपैयाँ, मट्टितेलमा ३.४० रुपैयाँ र हवाई इन्धनमा ७.३ रुपैयाँ मूल्य घटेर आएको छ । भने, एलपीजी ग्यासको मूल्य भने प्रतिसिलिन्डर ३३९ रुपैयाँ बढेर आएको छ । एलपीजी ग्यासमा बढेको मूल्य सँगै निगमलाई प्रति सिलिन्डर ६३५ रुपैयाँ घाटा हुने देखिएको छ।

 

तपाईको प्रतिक्रिया दिनुहोस्