सरकारले रासायनिक मलमा दिएको अनुदान घटाएसँगै मँहगीयो मल
  • प्रमुख खबर

काठ्माण्डौं ।

रासायनिक मलमा दिँदै आएको अनुदान सरकारले घटाएको छ । सरकारले अनुदानमा ११ दशमलब ८ प्रतिशतले घटाएसँगै किसानले किन्ने मल मँहगो भएको छ । आज बसेको मल आपूर्ति तथा वितरण व्यवस्थापन समितिको बैठकले अब आयात हुने विन्दुमा मूल्य बढाउने निर्णय गरेको हो ।

नयाँ मूल्यअनुसार युरिया प्रतिकिलो २५ रुपैयाँ, पोटास प्रतिकिलो ४० रुपैयाँ र डीएपी ५० रुपैयाँ पर्नेछ । सरकारले यस अगाडी रासायनिक मलमा ८ं० प्रतिशतसम्म अनुदान दिँदा युरिया प्रतिकिलो १४ रुपैयाँ, पोटास प्रतिकिलो ३१ रुपैयाँ र डीएपी ४३ रुपैयाँमा बिक्रि हुँदै आएको थियो ।

तपाईको प्रतिक्रिया दिनुहोस्