पोखरा ।
सौर्य एयरलाइन्सले यात्रुहरुको सुविधालाई ध्यानमा राख्दै पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा दैनिक ४ वटा उडान गर्ने भएको छ । हाल २ वटा मात्र उडान गर्दै आएको यस एयरलाइन्सले चैत्र १९ गतेदेखि थप ४ उडान गर्ने भएको हो ।
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा पहिलो पटक जेट विमानमार्फत उडान गर्दै आएको सौर्यले दैनिक बिहान ८ः३० बजे, ९ः३५ र दिउँसो २ः४० र ३ः३० मा उडान गर्ने तयारी गरेको विमानस्थल स्रोतले जनाएको छ ।
जेट विमानको यात्रा पोखरेलीहरुले धेरै रुचाएको कारण अन्य गन्तव्यको उडान कटान गरेर पोखरामा थप गरिएको कम्पनीले जनाएको छ।सौर्यले हाल २ वटा जहाजमार्फत विराटनगर, भद्रपुर र पोखरामा मात्र उडान गर्दै आएको छ। अहिले धनगढी र भैरहवाको उडान केही समयका लागि स्थगन गरिएको समेत कम्पनीले जनाएको छ।