काठ्माण्डौं ।
सरकार र मिटरब्याज पीडितबीचको वार्ता स्थगित भएको छ । शनिबारसम्मका लागि भन्दै वार्ता स्थगन भएको संघर्ष समितिका सदस्य संघर्ष दाहालले जानकारी दिएका छन् । उनका अनुसार पुनः छलफल गर्नेगरी वार्ता शनिबारसम्मको लागि स्थगन भएको हो ।
अबका दिनमा के–कसरी जाने र के गर्ने भन्ने विषयमा वार्तामाफर्त सहमति जुटेपनि हालसम्म पीडित भएकाहरुलाई न्याय दिलाउनका लागि सरकारले कस्तो निर्णय गर्ने भन्नेमा वार्ता अड्किएको समेत उनले बताएका छन् ।