भारतबाट पेट्रोल र डिजलको मूल्य घटेर आएतापनि नेपालमा भने यथावत
  • प्रमुख खबर

Green gas pump with petrol splash on white background, 3d render

काठ्माण्डौं ।

भारतबाट पेट्रोल र डिजलको मूल्य पूनः घटेर आएको छ । नेपाल आयल निगम (एनओसी) लाई भारतीय आयल कर्पोरेशन (आईओसी)ले शनिबार नयाँ मूल्य सूचि पठाएको हो ।

आईओसीले पठाएको नयाँ मूल्य सूचि अनुसार पेट्रोल प्रतिलिटर एक रुपैयाँ ७४ पैसा र डिजलमा ६ रुपैयाँ ८२ पैसा मूल्य घटेको छ । पेट्रोल र डिजलको मूल्य घटेर आएसँगै अब निगमलाई १५ दिनमै ८० करोड रुपैयाँभन्दा धेरै नाफा हुनेछ ।

अहिले पेट्रोलको मूल्य प्रतिलिटर १ सय ७८ रुपैयाँ र डिजलको १ सय ७५ रुपैयाँ छ । भारतबाट मूल्य बढेर आउने बित्तिकै नेपालमा पनि पेट्रोल र डिजलको मूल्य बढाइहाल्ने निगमले पटक–पटक मूल्य घटेर आउँदा भने नघटाउने गरेको छ । निगमले ग्यासबाट हुँदै आएको घाटा र यसअघि भएको घाटालाई पूर्ति गर्न भन्दै मूल्य नघटाउने गरेको छ ।

तपाईको प्रतिक्रिया दिनुहोस्