काठ्माण्डौं ।
राष्ट्रिय ध्वजावाहक नेपाल वायु सेवा निगम ९नेपाल एअरलाइन्स० को संरचनागत र व्यवस्थापकीय पक्षको अध्ययन गर्न सरकारले समिति गठन गरेको छ ।
नेपाल राष्ट्र बैंकका पूर्वगभर्नर दीपेन्द्रबहादुर क्षेत्रीको अध्यक्षमा पाँच सदस्यीय समिति गठन गरिएको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीले जानकारी दिएका छन् ।
समितिका सदस्यहरूमा ओम गुरुङ ९क्याप्टेन०, टीकाराम राई ९सञ्चारकर्मी०, पियुस आनन्द ९वरिष्ठ चार्टर्ड एकाउन्टेन्ट० र सहारा न्यौपाने रहेका छन् ।
अध्ययन समितिले निगमको संरचनागत र व्यवस्थापकीय पक्षको अध्ययन गरी प्रतिवेदन तयार गरेर मन्त्रालयमा पेस गर्ने मन्त्री किरातीले बताएका छन् । आर्थिक रूपमा निकै कमजोर अवस्थामा पुगेको निगमले जहाज खरिदबापतको झन्डै ५० अर्ब रुपैयाँ ऋणभार वहन गरिरहेको छ ।
बजार विस्तार र व्यावसायिक योजना ल्याउन नसक्दा निगमले व्यावसायिक सफलता हासिल गर्न सकेको छैन । पर्याप्त जहाज नहुँदा अन्तर्राष्ट्रिय गन्तव्य विस्तार र बजारीकरण प्रभावकारी हुनसकेको छैन ।
निगमसँग अन्तर्राष्ट्रिय उडानका लागि दुई थान वाइडबडी ए ३३० र दुई थान न्यारोबडी ए ३२० जहाज छन् । आन्तरिक उडानमा मात्र दुई थान ट्विनअटर जहाज छन् ।