काठ्माण्डौं ।
सरकारले विभिन्न ५ वटा जलविद्युत परियोजनाको लागि १ खर्ब ६७ अर्ब ५९ करोड बराबरको लगानी स्वीकृत गरेको छ ।लगानी बोर्डका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को अध्यक्षतामा बसेको लगानी बोर्डको बैठकले रु१ खर्ब ४६ अर्ब २२ करोड वैदेशिक र रु २१ अर्ब ३७ करोड स्वदेशी गरी कूल रु१ खर्ब ६७ अर्ब ५९ करोड बराबरको लगानी स्वीकृत गरेको प्रवक्ता अमृत लम्सालले जानकारी दिएका छन ।
बैठकले तल्लो अरुण जलविद्युत परियोजनाका लागि रु। ९२।६८ अर्ब बराबरको लगानी स्वीकृत गरेको छ । साथै विकासकर्तासँग वार्ता गरी परियोजना विकास सम्झौताको सहमतिको दस्ताबेज तयार पारेर बोर्डसमक्ष पेश गर्न लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृतको संयोजकत्वमा वार्ता समिति पनि गठन गरेको छ।
त्यसैगरी १ सय २ मेगावाटको माथिल्लो मर्स्याङ्दी १ जलविद्युत परियोजनाको रु ३३।१९ अर्ब, ७० मेगावाटको दुधकोसी २ जलविद्युत परियोजनाको रु २०।३५ अर्ब, ७०।३ मेगावाटको सिम्बुवा खोला जलविद्युत परियोजनाको रु १३।४४ अर्ब र ४३ मेगावाटको अप्पर मादी खोला जलविद्युत परियोजनाको लागि रु ७।९३ अर्ब लगानी स्वीकृत गरेको लम्सालले बताए ।
बोर्ड बैठकले २०८० सालमा आयोजना गर्न लागिएको लगानी सम्मेलनको अवधारणापत्र स्वीकृत गर्नुका साथै सम्मेलन सफलतापूर्वक आयोजना गर्न आवश्यक पूर्वतयारीका लागि लगानी बोर्डको कार्यालयलाई जिम्मेवारी पनि दिएको छ ।