प्रधानमन्त्री प्रचण्ड बैशाख अन्तिम साता भारत भ्रमण जाने तयारीमा
  • प्रमुख खबर

काठ्माण्डौं ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बैशाख अन्तिम साता भारत भ्रमणमा जाने तयारी गरेका छन् । उनी प्रधानमन्त्री भएपछि पहिलो पटक औपचारिक भ्रमणमा भारत जाने तयारी गरेका हुन् ।

प्रधानमन्त्री सचिवालयका अनुसार प्रचण्डलाई भारत भ्रमणको निम्तो दिइसकेकाले दुई देशको आपसी समझदारीमा भ्रमणको मिति तय गरिने जनाएको छ ।

प्रधानमन्त्रीको भारत भ्रमणका विषयमा परराष्ट्र मन्त्रालयले समेत तयारी थालेको छ । आइतबार मात्र शपथ लिएका परराष्ट्र मन्त्री एनपी साउदले प्रधानमन्त्रीको भारत छिट्टै हुने जानकारी दिएका हुन् ।

तपाईको प्रतिक्रिया दिनुहोस्